फेरि सुरु भयो चलचित्र ‘२ नम्बरी’ को छायांकन
काठमाडौं । कोरोना भाइरसको महामारीको चपेटामा परेको फिल्म ‘२ नम्बरी’ को छायांकन पुनः सुरु भएको छ । कोरोनाले भएको लकडाउनमा फिल्मको छायांकन रोकिएको थियो ।
यसपछि दुई वर्षसम्म अगाडि नबढेको फिल्मको काम पुनः सुरु गर्न थालिएको हो । आइतबार कास्कीको ल्वाङ गाउँबाट छायांकन प्रारम्भ गरिएको छ । यस अवधिमा फिल्मका कलाकार पनि फेरिएको छ ।
यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरीका साथै भुटानी अभिनेत्री उगेन छोदेनको मुख्य भूमिका छ । फिल्मको निर्देशन दीपेन्द्र लामाले गर्नेछन् । फिल्मको प्रदर्शन आगामी कात्तिक ४ गतेबाट हुने बताइएको छ ।
यसभन्दा अघि पहिलोपटक छायांकन हुँदा ‘२ नम्बरी’मा पल शाह र वर्षा राउत मुख्य भूमिकामा थिए । पल अहिले थुनामा भएकाले निर्माण टिमले उनको ठाउँमा सौगात मल्ललाई लिएको छ भने वर्षा आफैं फिल्मबाट हटेकी हुन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया