विशेष अदालतको फैसलाविरुद्ध अख्तियार सर्वोच्चमा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतले गरेको एक फैसलाविरुद्ध आइतबार सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
पशुपन्छी बजार प्रवर्द्धन निर्देशनालय हरिहरभवन ललितपुरका तत्कालीन कार्यक्रम निर्देशक बलराम थापासहित सात जनाविरुद्ध आयोगले दायर गरेको मुद्दामा विशेष अदालतको फैसला चित्त नबुझेपछि आयोगले सर्वोच्चमा पुनरावेदन गरेको हो ।
निर्देशनालयका तत्कालीन निर्देशक थापा, लेखा अधिकृत रामप्रसाद बजगाई, वरिष्ठ पशु चिकित्सक पूजा शर्मा समेतका प्रतिवादी विरुद्ध रु ४७ लाख ३७ हजार छ सय २९ बराबरको भ्रष्टाचार भएको आरोपमा विशेषमा मुद्दा दायर गरेको थियो ।
तेह्रथुमको म्याङलुङ नगरपालिका–५ जिरीखिम्ती माझगाउँमा आम्फुवा पशु हाटबजार निर्माणमा कामभन्दा बढी भुक्तानी गरेकाले उनीहरु विरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार कैद सजाय तथा बिगो बमोजिम जरिवानासमेत माग गरी मुद्दा दायर गरिएको थियो ।
आयोगले दायर गरेको मुद्दामा विशेषले गत २०८० फागुन १ गते फैसला गर्दै आंशिक सफाइ दिएको थियो । विशेषको उक्त फैसला चित्त नबुझेपछि सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया