गर्मीमा फाइदाजनक लौका
काठमाडौं । हरियो सागसब्जीका फाइदाहरु त हामी सबैलाई थाहा छ तर के लौकाले हाम्रो स्वास्थ्यका लागि कति फाइदा पुर्याउँछ भन्ने थाहा छ ?
गर्मी मौसममा लौकाको सेवन निकै फाइदाजनक हुन्छ । लौकामा धेरै प्रकारका औषधीय गुणहरू पाइन्छ, जसले गम्भीर रोगबाट बचाउन मद्दत गर्दछ ।
लौकाले चर्को घाममा पनि शरीर चिसो बनाइराख्न सहयोग पुर्याउँछ । लौका खाँदा तनाव पनि कम हुन्छ । त्यसैले लौकाका धेरै गुण र फाइदाबारे जानीराखौं ।
लौकाको दैनिक सेवनले तनाव कम गर्न मद्दत गर्छ । लौकाले दिमागलाई शान्त पार्ने काम गर्छ । साथै यसमा पाइने पानीको मात्राले शरीरमा शीतलता ल्याउँछ ।
लौकामा पाइने फाइबरले बोसो नियन्त्रण गर्ने भएकाले तौल घटाउन पनि सहयोग गर्छ । यसको सेवनले भोक पनि कम लाग्छ ।
लौकामा आइरन, भिटामिन र पोटासियम प्रचुर मात्रामा पाइन्छ । मुटु रोगको जोखिम कम गर्छ । हप्तामा दुई-तीन पटक लौकाको जुस पिउनाले मुटुलाई स्वस्थ राख्छ र रक्तचाप पनि नियन्त्रण गर्छ ।
लौका निद्रासम्बन्धी धेरै समस्याको उपचारमा पनि प्रभावकारी साबित हुन सक्छ । तसर्थ, यदि तपाईलाई पनि निन्द्रा लाग्दैन भने लौकाको जुस अवश्य खानुहोस् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया