भारतबाट ४ रूपैयाँ घटेर आयो पेट्रोलको मूल्य
काठमाडाैं । भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । नेपाल आयल निगमका सहप्रवक्ता पुश्कर कार्कीका अनुसार आइओसीले अप्रिल १६ तारिखमा नयाँ मूल्य सूची पठाएको हो ।
नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ । पेट्रोलको मूल्य बढेपनि डिजेल डिजेल र हवाई इन्धनको मूल्य भने बढेको उनले बताए । उनका अनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ । सहप्रवक्ता कार्कीले ग्याँस र मट्टीतेलको नयाँमूल्य सूची भने आउन बाँकी भएको बताए ।
यसअघि अप्रिल १० मा पनि आइओसीले मूल्यसूची पठाएको थियो । हाल पेट्रोल प्रतिलिटर १६० रूपैयाँ, डिजेल र मट्टीतेल १४३, हवाइ इन्धन १५६ र एलपी ग्याँस १ हजार ६ सय रूपैयाँ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया