आइपिएलको शीर्ष २ मा दुवै नवप्रवेशी टोली, सर्वाधिक विजेताहरू नवौं र १० औँमा
काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)का ५–६ खेल सकिँदा नवप्रवेशी गुजरात टाइटन्स शीर्ष स्थानमा रहेको छ ।
गएराति चेन्नई सुपर किंग्सलाई तीन विकेटले हराउँदै गुजरात शीर्ष स्थानमा उक्लिएको हो ।
६ खेल खेलेको गुजरात पाँच जित र एक हारसहित १० अंकसहित शीर्ष स्थानमा रहेको हो ।
यस्तै अर्को नवप्रवेशी टोली लखनाऊ सुपर जाइन्ट्स पनि अंक तालिकाको दोस्रो स्थानमा छ । लखनाऊले आठ अंक बनाएको छ ।
रोयल च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादको पनि समान आठ अंक छ । तर, नेट रनरेटका आधारमा लखनाऊ दोस्रो स्थानमा रहन सफल भएको छ । बैंग्लोर र हैदरावाद क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

यसैगरी, राजस्थान रोयल्स, कोलकाता नाइट राइडर्स र पञ्जाब किंग्सको समान ६ अंक छ । यद्यपि, नेट रनरेटका आधारमा राजस्थान पाँचौ, कोलकाता छैटौं र पञ्जाब सातौं स्थानमा छन् ।
यस्तै, दिल्ली क्यापिटल्स चार अंकसहित आठौं, चार पटकको विजेता चेन्नई दुई अंकसहित नवौं र सर्वाधिक पाँच पटकको विजेता मुम्बई इण्डियन्स अन्तिम तथा १० औँ स्थानमा छन् ।
सर्वाधिक पाँचपटक उपाधि जितेको मुम्बईले यो सिजन एक खेल पनि जितेको छैन ।
आइपिएलमा यसै वर्षदेखि आठबाट बढाएर १० टोली बनाइएको हो । डेब्यु गरेका गुजरात र लखनाऊ हालसम्म पहिलो र दोस्रो स्थानमा रहेका छन् ।

शीर्ष चार टोलीले मात्र प्ले अफमा स्थान बनाउने छन् ।
यता, सर्वाधिक पाँच र चारपटक उपाधि जितेका मुम्बई र चेन्नई भने अन्तिम दुई स्थानमा रहेका छन् ।
आइपिएलको १४ औं संस्करण सकिँदा मुम्बई पाँच, चेन्नई चार र कोलकाता दुईपटक विजेता भएका छन् ।
त्यस्तै, राजस्थान, डेकन चार्जर्स र हैदरावादले समान एकपटक उपाधि जितेका छन् ।
हेरौं अंक तालिका :

ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया