जाजरकोटमा लगातार भूकम्प
काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर लगातार भूकम्प गइरहेको छ । सोमबार भूकम्प गएको सात घण्टापछि पुनः त्यहाँ अर्को भूकम्प गएको हो ।
जाजरकोटको पैंक केन्द्रबिन्दु बनाएर सोमबार राति ९ः३१ बजे ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसको केही घण्टापछि पुनः त्यहाँ अर्को भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, मंगलबार बिहान पैंक केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको अर्को भूकम्प गएको छ ।
पछिल्लो समय जाजरकोट केन्द्रबिन्द भएर लगातार भूकम्प गइरहेको छ । गत चैत २१ गते त्यहाँ ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया