बाँकेमा ५६ फरार प्रतिवादी पक्राउ
नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय, बाँकेले विभिन्न स्थानबाट विभिन्न अपराध गरेर लामो समयदेखि फरार ५६ प्रतिवादीलाई पक्राउ गरेको छ ।
उनीहरूबाट ५ वर्ष ७ महिना २९ दिन कैद र रु १८ लाख ८६ हजार जरिवाना असूल उपर गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार फरार प्रतिवादी जबरजस्तीकरणी, कर्तव्य ज्यान, लागूऔषध कारोबार, चेक अनादार, बहुविवाहलगायत मुद्दाका रहेका छन् ।
यसअघि गत फागुनमा प्रहरीले ६५ फरार प्रतिवादी पक्राउ गरेको थियो ।
“यसमा अदालतले फैसला गरेका र केही मुद्दा मात्रै चलेका अभियुक्त छन्,” उनले भने । प्रहरीले चैत महिनाको अवधिमा ५६ फरार प्रतिवादी पक्राउका क्रममा रु ३ लाख ५९ हजार तीन सय ५० बराबरको भारतबाट भन्सार छली गरेर ल्याएको अवैध सामग्री बरामद गरेको थियो । अवैध तस्करीमा संलग्न रहेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिइएको र ओसारपसारमा प्रयोग भएको एउटा जीप र तीन मोटरसाइकल बरामद गरी आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालय पठाइएको प्रहरी नायब उपरीक्षक पातलीले बताए ।
चैत महिनामा दर्ता भएका एक सस ५८ मुद्दातर्फ एक सय ९३ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ । तीन हजार सात सय २० सावरीसाधनका चालकलाई कारबाही गरी रु २९ लाख ५८ हजार राजस्व सङ्कलन गरिएको छ । सो अवधिमा ७१ सवारीसाधन दुर्घटना हुँदा सात जनाको मृत्यु तथा एक सय २० जना घाइते भएका थिए । विभिन्न स्थानबाट हराएका तथा चोरी भएका छ मोटरसाइकल र २६ स्मार्ट मोबाइल फोन फेला पारेर सम्बन्धित व्यक्तिलाई बुझाइएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया