रोकिएन नेप्सेको गिरावट, ४१ अंकले घट्यो
काठमाडाैं । साताको दोस्रो दिन सोमबार सेयर बजार नेप्से परिसूचक ४१.७७ अंकले घटेर २३ सय ४३.८७ बिन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ६.८२ अंकले घटेर ४४४.१५१ मा पुगेको छ ।
सोमबार २२९ कम्पनीको ३८ लाख ७६ हजार ३०२ कित्ता सेयर खरिद बिक्री हुँदा एक अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा कारोबार रकम भने केही बढेको हो । आइतबार एक अर्ब ४४ करोड ७ लाख रुपैयाँको सेयर खरिद बिक्री भएको थियो ।
सोमबार कारोबारमा आएका १३ वटै उपसूचक घटेका छन् । आज सबैभन्दा धेरै वित्त कम्पनीको सेयर मूल्य घटेका छन् । उक्त कम्पनीको सेयर मूल्य ३.४४ प्रतिशतले घटेको हो । अन्य कम्पनीहरूमा होटल तथा पर्यटन १.६३, अन्य २.८६, सामूहिक लगानी ०.७६, बैंकिङ १.०४, व्यापार ०.५३, विकास बैंक १.६८, जलविद्युत् २.९८, निर्जीवन बीमा ३.०९, उत्पादन १.६७, लघुवित्त ०.७६, जीवन बीमा २.०४, र लगानी २.०१ अंकले उकालो लागेको छ ।
आज सबैभन्दा धेरै नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् ।दिव्यश्वरी हाइड्रोले ७.९८ प्रतिशत, जलपा सामुदायिक लघुवित्तले ६.०९ प्रतिशत, सिटिजन्स म्युचल फण्ड २ ल १.९३ प्रतिशतको दरले कमाएका छन् ।
ताजा अपडेट
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता


प्रतिक्रिया