सांसद राई पक्राउ सूचना संसद् सचिवालयलाई
काठमाडौं । सहकारी ठगीको आरोपमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउको सूचना प्रहरीले संघीय संसद् सचिवालयलाई दिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार संसद् सचिवालयलाई पत्राचार गर्दै सांसद राई पक्राउ परेको जानकारी गराएको हो । लामो समयदेखि फरार राई शनिबार कपनस्थित आफ्नै निवासबाट पक्राउ परेकी थिइन् ।
स्वर्णलक्ष्मी सहकारी संस्था लिमिटेडकी सहसचिव राईमाथि उक्त सहकारीका बचतकर्ताले जम्मा गरेको रकम अपचलन गरेको आरोप छ । यही अभियोगमा अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर त्यसलगत्तै उनी अनुसन्धानलाई सघाउन छाडेर फरार बनेकी थिइन् । लामो समय फरार रहेपछि सत्तासाझेदार दलको सांसद भएकाले उन्मुक्ति दिइएको भन्दै चौतर्फी आलोचना भइरहेको थियो । शनिबार आफ्नै निवासबाट राई पक्राउ परेसँगै प्रहरीले उनीमाथिको अनुसन्धान अघि बढाएको छ ।
सहकारी ठगी आरोपमा यसअघि नै रास्वपा सभापति रवि लामिछाने र राप्रपा सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । जिल्ला अदालतबाट धरौटीमा रिहा भएका लामिछाने उच्च अदालतको आदेशमा हाल पुर्पक्षका लागि थुनामा छन् भने राप्रपा सांसद् बस्नेत अहिलेसम्म फरार छिन् ।
कांग्रेस उपसभापति एवं सांसद धनराज गुरुङ, एमालेका बागमती प्रदेश सांसद ज्ञानबहादुर तामाङ, एमाले केन्द्रीय सदस्य राजीव पहारी र संसदको लेखा समिति सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला पनि सहकारी ठगी प्रकरणमा मुछिएका छन् । उनीहरूलाई भने छानबिनको दायरामै नल्याई उन्मुक्ति दिइएको छ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया