हाइटेन्सन लाइनको पोलमा ठोक्किएर एकको मृत्यु
भैरहवा । बुटवलको कालिकापथमा रहेको हाइटेन्सन पोलमुनि एक जनाको शव भेटिएको छ ।
उक्त शव शनिबारदेखि बेपत्ता रहेका तिलोत्तमा नगरपालिका–२ बस्ने २० वर्षीय गोपाल टण्डनका रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार टण्डन हराएको भन्दै खोजीका लागि आइतबार प्रहरीमा परिवारले निवेदन दिएका थिए ।
आज स्थानीयले हाइटेन्सन पोलमुनि शव देखेपछि प्रहरीलाई खबर गरेका छन् । प्रहरी प्रवक्ता कार्कीले टण्डनको मृत्यु दुर्घटनाका कारण भएको बताए । “हामीले त्यस क्षेत्रको सिसिटिभी क्यामेराको रेकर्ड हेर्दा उनको दुर्घटना देखियो, थप अनुसन्धान भइरहेको छ”, उनले भने ।
सिसिटिभी रेकर्डमा लु ४८ प ३१७० नम्बरको मोटरसाइकल बुटवल–११ कालिका पथमा विद्युत्को वालमा ठोक्किँदा दुर्घटना भएको देखिएको थियो । सामाजिक सञ्जालमा सार्वजनिक भएको सिसिटीभी दृश्यमा राति २ः१५ बजे दुर्घटना भएको देखिएको छ । तीव्र गतिमा रहेको मोटरसाइकल पोल नजिकै थुपारिएको निर्माण सामग्री हँदै पोलमा ठोक्किएको थियो ।
ताजा अपडेट
-
भारतमा एलपी ग्यासको मूल्य बढ्यो, नेपालमा के होला ?
-
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
-
नेपाल–भारत सीमामा व्यक्तिगत विप्रेषण सम्झौता
-
काठमाडौँ–दिल्ली परराष्ट्रमन्त्रीस्तरीय वार्ता: प्रविधि र अपराध नियन्त्रणमा सहकार्य गर्ने सहमति
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए, होटल भरिभराउ, स्थानीय गाउँमै रोजगार


प्रतिक्रिया