गाजाको अस्पतालमा इजरायली हमला, २८ जनाको मृत्यु, दर्जनौं घाइते

काठमाडौं (एजेन्सी) । खान युनिसस्थित युरोपेली अस्पतालमा इजरायली हवाई हमला हुँदा २८ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा एजेन्सीका एक प्रवक्ताले यो जानकारी दिएका हुन्।
स्थानीय स्रोतका अनुसार, गाजाको उक्त अस्पतालमा इजरायली लडाकु विमानहरूले एकैसाथ ६ वटा बम खसालेका थिए, जुन अस्पतालको आँगन र वरपरका क्षेत्रहरूमा परेका थिए।
इजरायली सेनाले भनेको छ कि उसले ‘कमाण्ड र कन्ट्रोल सेन्टरमा रहेका हमास आतङ्कवादीहरूमाथि सटिक हमला’ गरेको हो। इजरायलले उक्त सेन्टर अस्पतालमुनि रहेको दाबी गरेको छ ।
गाजामा बिबिसीका लागि काम गरिरहेका एक फ्रिल्यान्स पत्रकार पनि यस हवाई हमलामा घाइते भएका छन्। यद्यपि, उपचारपछि उनको अवस्था स्थिर रहेको बताइएको छ।
इजरायल र हमासबीच अक्टोबर ७, २०२३ देखि सुरु भएको यस संघर्षमा अहिलेसम्म गाजामा ५० हजारभन्दा बढी मानिस मारिएका छन्।
प्रतिक्रिया