कुट्ने र कुटिने दुवै प्रहरी निलम्बित
काठमाडौं । काठमाडौंको नागढुंगामा प्रहरीबाट प्रहरी कुटिएको घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ ।
ट्राफिक प्रहरीले अर्का प्रहरीमाथि कुटपिट गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । कुटपिट गर्ने ट्राफिक प्रहरीका निरीक्षक र कुटिने व्यक्ति प्रहरी जवान भएको बताइएको छ । घटना सार्वजनिक लगत्तै प्रहरी प्रधान कार्यालयले कुट्ने र कुटिने दुवैलाई निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो ।
प्रहरी प्रधान कार्यालयका एक अधिकारीले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरेर छानबिन थालिएको बताए ।
कानून परिपालना गराउने जिम्मेवारी पाएका प्रहरी पदीय मर्यादाविपरीत घटनामा संलग्न भएका घटना एकपछि अर्को सार्वजनिक हुँदै गइरहेको छ । पछिल्लो पटक एक प्रहरीले सर्वसाधारण नागरिकमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भएको थियो ।
ताजा अपडेट
-
सशस्त्र प्रहरी बलको टोली लाम्पाटा पुग्यो, प्रधान कार्यालयबाटै नै परिचालन र अनुगमन गरिने
-
बाली लगाउनुअघि नै समर्थन मूल्य तोक्ने व्यवस्था लागू
-
पाँच अभौतिक सम्पदा राष्ट्रिय सूचीकरणमा, के-के समेटियो ?
-
प्रदूषण नियन्त्रणका लागि ८ अर्ब ७१ करोडको परियोजना
-
काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै


प्रतिक्रिया