कुट्ने र कुटिने दुवै प्रहरी निलम्बित
काठमाडौं । काठमाडौंको नागढुंगामा प्रहरीबाट प्रहरी कुटिएको घटनामा प्रहरी प्रधान कार्यालयले छानबिन सुरु गरेको छ ।
ट्राफिक प्रहरीले अर्का प्रहरीमाथि कुटपिट गरेको भिडियो बुधबार सार्वजनिक भएको थियो । कुटपिट गर्ने ट्राफिक प्रहरीका निरीक्षक र कुटिने व्यक्ति प्रहरी जवान भएको बताइएको छ । घटना सार्वजनिक लगत्तै प्रहरी प्रधान कार्यालयले कुट्ने र कुटिने दुवैलाई निलम्बन गरेर छानबिन प्रक्रिया अघि बढाएको हो ।
प्रहरी प्रधान कार्यालयका एक अधिकारीले उक्त घटनामा संलग्न दुई प्रहरीलाई निलम्बन गरेर छानबिन थालिएको बताए ।
कानून परिपालना गराउने जिम्मेवारी पाएका प्रहरी पदीय मर्यादाविपरीत घटनामा संलग्न भएका घटना एकपछि अर्को सार्वजनिक हुँदै गइरहेको छ । पछिल्लो पटक एक प्रहरीले सर्वसाधारण नागरिकमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीको चर्को आलोचना भएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया