सुनको मूल्य ४०० रूपैयाँ घट्याे, चाँदीको स्थिर
काठमाडाैं । सोमबार बढेको सुनको मूल्य मंगलबार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रूपैयाँ घटेर एक लाख २ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
सोमबार सुनको मूल्य प्रतितोला पाँच सय रुपैयाँ बढेर एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएकाे थियो । आइतबार भने सुनको मूल्य स्थिर थियो । आइतबार सुनको मूल्य प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज तेजावी सुन एक लाख एक हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार तोलामा पाँच रुपैयाँ बढेको चाँदी आज स्थिर छ ।आज चाँदी सोमबारकै मूल्य प्रतितोला एक हजार ४२० रुपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया