अमेरिकी पूर्वराष्ट्रपति बाइडेनलाई हाई ग्रेड प्रोस्टेट क्यान्सर
काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको पत्ता लागेको छ ।
बाइडेनको कार्यालयले आइतबा एक विज्ञप्ति जारी गर्दै बाइडेनलाई प्रोस्टेट क्यान्सर भएको र त्यो फैलिएर हड्डीसम्म पुगेको जनाएको छ ।
८२ वर्षीय बाइडेन पिसाबसम्बन्धी समस्याले सताएपछि गत हप्ता चिकित्सकोमा पुगेका थिए । परीक्षणपछि शुक्रबार उनलाई क्यान्सर भएको पत्ता लागेको हो ।
उनको रोगलाई ‘हाई ग्रेड’ क्यान्सरको रूपमा वर्गीकृत गरिएको छ। क्यान्सर रिसर्च युकेका अनुसार यसको अर्थ क्यान्सर कोषहरू छिटो फैलन सक्छन्।
पूर्वराष्ट्रपति कार्यालयले क्यान्सर हार्मोन–सेन्सिटिभ भएको बताएको छ । जसको अर्थ यसलाई नियन्त्रण गर्न सकिन्छ।
बाइडनलाई क्यान्सर भएको खबर आएपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रुथ सोशलमा यो खबर सुनेर मेलानिया र आफू दुःखी भएको उल्लेख गरेका छन् । उनले बाइडनको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया