चितवनको मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा ‘मेसवायर जाली’
चितवन । डिभिजन वन कार्यालयले मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि ‘मेसवायर जाली’ राख्ने कार्य सुरु गरेको छ ।
मध्यवर्ती क्षेत्रका सामुदायिक वनमा काम सुरु गरिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार माडी नगरपालिकाका छ वटा सामुदायिक वनमा मानव–वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि घेरबार (मेसवायर जाली) राख्न लागिएको हो ।
दुई हजार ८०० मिटर क्षेत्रफलमा यो जाली राखिने छ । मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरणका लागि हामीले मध्यवर्ती क्षेत्रमा पहिलोपटक काम थालेका छौँ । प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयको रु एक करोड १५ लाखको लागतमा जाली राख्ने काम सुरु गरिएको हो ।
सूचना अधिकारी पौडेलले भने,“भूक्षय नियन्त्रणसहितको काम भइरहेको छ । वन्यजन्तु बस्तीमा पसेर धनजनको क्षति न्यूनीकरण गर्न यो कार्यक्रम प्रभावकारी हुने छ । वन्यजन्तु बस्तीमा वढी मात्रामा प्रवेश गर्ने मध्यवर्ती सामुदायिक वनमा जाली राखेर बस्ती पस्नबाट रोक्न लागिएको हो । जाली राखेसँगै वन्यजन्तु सहज रूपमा बस्ती पस्न सक्दैनन् । माडी क्षेत्रमा वन्यजन्तुले अन्नबाली, घरटहरामा क्षति पुर्याउँदै आएका छन् । यसका कारण यस क्षेत्रमा बढी मात्रामा मानव–वन्यजन्तुबीचको द्वन्द्व रहँदै आएको छ । ” यसको न्यूनीकरणका लागि प्रदेश सरकारले काम गरेको उनले बताए।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया