तीन वटा निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । तीन निर्माण कम्पनी सरकारको कालोसूचीमा परेका छन् ।
सम्झौताअनुसार काम नगरेपछि सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई सरकारी खरिद प्रक्रियामा सामेल हुन नपाउने गरी कालोसूचीमा राखेको हो ।
कालोसूचीमा परेकाहरूमा यज्ञश्वरी निर्माण सेवा, एसिएन कन्स्टक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी प्रालि र न्यु तुलसी निर्माण सेवा रहेका छन् । यज्ञश्वरीलाई २ वर्ष, एसियनलाई एक वर्ष ६ महिना र न्यु तुलसीलाई एक वर्ष कालोसूचीमा राखिएको छ ।
उनीहरूलाई क्रमशः नेपाल नागरिक उड्डयन प्राधिकरण, जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, कास्की र पूर्वाधार विकास कार्यालय सल्यानको सिफारिसमा कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ । कुनै पनि सरकारी निकायले कालोसूचीमा राख्न सिफारिस गरेर पठाएमा स्पष्टीकरण सोधेर तिनलाई कालोसूचीमा राख्ने अधिकार कार्यालयलाई छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया