युनाइटेड सिमेन्ट्सकाे नि:शुल्क सिलाई-कटाई प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । धुनिवेशी नगरपालिका वडा नं ९ जुगेडी मा रहेको के एल दुगड समूह अन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकाको सहकार्यमा ४२ जना स्थानिय महिलाहरूका लागि निशुल्क तीन महिने आधाभूत र दुई महिने एडभान्स् सिलाई–कटाई प्रशिक्षण कार्यक्रम समापन गरेको छ ।
यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पु-याउनु हो । कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरि कुमार उप्रेतीले कम्पनीले जहिलेपनि व्यवसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने भएकोले, यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पु-याउने बताए ।
सोहि अवसरमा नगरपालिकाका वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति श्री माधव प्रसाद सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधाभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए । कार्यक्रम धुनिबेशी नगरपालिकाका नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
ताजा अपडेट
-
बेनी-जोमसोम-कोरला सडकमा १ अर्बको क्षति, पुनर्निर्माण गर्न ४ अर्ब लाग्ने
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता


प्रतिक्रिया