बहुमत ल्याएर प्रधानमन्त्री बन्छु : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफु अब बहुमत ल्याएर प्रधानमन्त्री बन्ने बताएका छन् ।
सोमबार प्रचण्डले बर्दियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ८४ यता सरकारमा नजाने बताउदै बहुमत ल्याएर आफुले भने जस्तो सरकार बनाउने बताएका हुन् ।
कार्यक्रममा प्रचण्डले अझैँ ५-७ बर्ष देशलाई आफ्नो आवश्यकता रहेको बताउदै पाँच सात वर्ष आफु मर्न नहुने बताएका छन् ।
उनले भने- ‘मेरो स्वार्थ के छ भने म अझैँ पाँच सात वर्ष मर्नहुन्न भनेर आफूलाई बचाउनका लागि पनि मेहनत गरिरहेको छु । मलाई लागेको छ–यो देशका लागि पाँच सात वर्ष मेरो आवश्यकता छ ।’ आफु पछि पार्टीमा आफ्नो उत्तराधिकारी तयार नै रहेको समेत उनले बताए ।
प्रचण्डले दुई वर्ष मेहनत गरे माओवादी ८४ को चुनावमा ०६४ भन्दा बढी जित्ने दाबी गर्दै भने-‘बहुमत ल्याएर समाजवादको आधार देख्ने त्यो सपना देखेरै मैले मेहनत गरिरहेको छु । समाजवादी क्रान्ति सुरु गरेर माथि(स्वर्ग) जाने विचार छ मेरो ।’
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया