तीनकुने घटना : ६१ जनालाई प्रतिवादी बनाउँदै अदालतमा मुद्दा दर्ता
काठमाडौं -तीनकुने भएको आगजनी, तोडफोड र लुटपाटमा संलग्न ६१ जनालाई प्रतिवादी बनाउँदै जिल्ला सरकारी वकिल कार्यालयले अदालतमा मुद्दा दर्ता भएको छ । बाँकी ४ जनाको भने सोमबार मुद्दा दर्ता हुने भएको छ ।
सरकारी वकिल कार्यालयका अनुसार घटनामा ३० जना बिरुद्ध आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा मुद्दा दर्ता भएको छ भने बाँकी ३१ जनालाई राज्य विरुद्धको अपराध, कर्तब्य ज्यान र ज्यान मार्ने उद्दोग अन्तर्गत मुद्दा दर्ता भएको छ ।
वकिल कार्यालयका प्रमुख सहन्यायधिवक्ता रामहरी काफ्लले घटनामा संलग्न ६१ जना विरुद्धको मुद्दा अदालतमा दर्ता भएको बताए । उनले भने,‘तीनकुने घटनासँग सम्बन्धित मुद्दा अदलतमा दर्ता भएको छ ।
मुद्दामा ६१ जनालाई प्रतिवादी बनाइएको छ । अन्य चार जना बालक पनि छन् । उनीहरु विरुद्धको मुद्दा भने भोली दर्ता हुनेछ । प्रहरीले १०८ जना विरुद्ध मुद्दा चलाउनु पर्ने भन्दै राय पेश गरेको थियो ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया