परिवारवादको आरोप झेलिरहेका राजपाक्षेले क्याबिनेटबाट नातेदार हटाए
कोलम्बो । श्रीलंकामा जारी गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ मन्त्री सम्मिलित नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन् ।
परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन् । गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबाया राजपाक्षेको राजीनामाको माग बढ्दै गएको छ ।
समाचार एजेन्सी पिटिआईका अनुसार श्रीलंकाका राष्ट्रपतिले सन् २०२० मा रासायनिक मलमाथि प्रतिबन्ध लगाउनु आफ्नो गलत निर्णय भएको स्वीकार गरेका छन् ।
मलमाथि लगाएको प्रतिबन्धका कारण मुलुकमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको छ । देशमा आर्थिक मन्दी हुनुमा यो पनि एउटा महत्वपूर्ण कारण मानिएकाे छ ।
राजपाक्षेले आफ्नो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बेलआउट प्याकेज लिन ढिलो गरेको पनि स्वीकार गरे । ‘आइएमएफमा नजानु गल्ती थियो’ उनले भने ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्रा सञ्चितिमा आएको कमीका कारण मुलुकमा खाद्यान्न तथा इन्धनको अभाव भएको र मूल्य आकासिएको छ ।
औषधि, खाद्यान्नलगायत आधारभूत वस्तुको अभावका कारण श्रीलंकामा राजपाक्षे परिवारको राजीनामा माग गर्दै प्रर्दशन भइरहेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया