परिवारवादको आरोप झेलिरहेका राजपाक्षेले क्याबिनेटबाट नातेदार हटाए
कोलम्बो । श्रीलंकामा जारी गम्भीर आर्थिक संकटका बीच राष्ट्रपति गोटाबाया राजपाक्षेले सोमबार १७ मन्त्री सम्मिलित नयाँ मन्त्रिपरिषद् नियुक्त गरेका छन् ।
परिवारवादको आरोप लागेका राजपाक्षेले नयाँ मन्त्रिपरिषद्मा प्रधानमन्त्री महिन्दा राजपाक्षेबाहेक आफ्ना आफन्तलाई समावेश गरेका छैनन् । गहिरो आर्थिक संकटका कारण श्रीलंकामा गोटाबाया राजपाक्षेको राजीनामाको माग बढ्दै गएको छ ।
समाचार एजेन्सी पिटिआईका अनुसार श्रीलंकाका राष्ट्रपतिले सन् २०२० मा रासायनिक मलमाथि प्रतिबन्ध लगाउनु आफ्नो गलत निर्णय भएको स्वीकार गरेका छन् ।
मलमाथि लगाएको प्रतिबन्धका कारण मुलुकमा खाद्यान्न उत्पादनमा ठूलो गिरावट आएको छ । देशमा आर्थिक मन्दी हुनुमा यो पनि एउटा महत्वपूर्ण कारण मानिएकाे छ ।
राजपाक्षेले आफ्नो सरकारले अन्तर्राष्ट्रिय मुद्रा कोषबाट बेलआउट प्याकेज लिन ढिलो गरेको पनि स्वीकार गरे । ‘आइएमएफमा नजानु गल्ती थियो’ उनले भने ।
सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि श्रीलंकाले सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ । विदेशी मुद्रा सञ्चितिमा आएको कमीका कारण मुलुकमा खाद्यान्न तथा इन्धनको अभाव भएको र मूल्य आकासिएको छ ।
औषधि, खाद्यान्नलगायत आधारभूत वस्तुको अभावका कारण श्रीलंकामा राजपाक्षे परिवारको राजीनामा माग गर्दै प्रर्दशन भइरहेका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया