NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार १७ गते

२०४८ यता नेपालमा वृद्ध मान्छेको संख्या तीन गुणाले बढ्यो, गण्डकीमा सबैभन्दा धेरै

काठमाडौं– २०४८ यता नेपालमा वृद्ध उमेर भएका मानिसको जनसंख्या तीन गुणाले बढेको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपालमा बुढ्यौलीको अवस्था (प्रतिवेदन)अनुसार वि.सं. २०४८ देखि २०७८ सम्मको अवधिमा नेपालमा नेपालमा तीन गुणाले वृद्ध मानिसको संख्या वृद्धि भएको हो ।

प्रतिवेदनअनुसार २०६८ सालमा नेपालको पहाडी क्षेत्रमा बुढ्यौली जनसंख्या २५.७ प्रतिशत रहेकोमा २०७८ सालमा सो संख्या वृद्धि भएर ४३.६ प्रतिशत पुगेको छ । तर, हिमाली र पहाडी क्षेत्रमा बुढ्यौलीको संख्यामा भएको वृद्धिदरको तुलनामा तराई क्षेत्रमा कम देखिएको कार्यालयले जनाएको छ ।

त्यस्तै, प्रदेशगत हिसाबले गण्डकी प्रदेशमा सबैभन्दा धेरै वृद्धहरूको संख्यामा वृद्धि भएको कार्यालयको प्रतिवेदनमा उल्लेख छ । जिल्लागत हिसाबले भने मनाङमा सबैभन्दा धेरै ९०.३ र जाजरकोटमा सबैभन्दा कम १८.७ मान पुगेको कार्यालयले जनाएको छ ।

प्रतिवेदनअनुसार वृद्धहरूमध्ये ५१ प्रतिशत वृद्ध अझै पनि आर्थिक रूपले सक्रिय रहेको र ती मध्ये अधिकांश कृषि क्षेत्रमा संलग्न रहेका छन् ।