एक इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज
काठमाडौं । सरकारले एक इन्टरनेट सेवाप्रदायकको अनुमति पत्र खारेज गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले चेरी वल्र्ड कम्युनिकेशन प्रालि, रविभवनको अनुमतिपत्र खारेज गरिदिएको हो ।
सेवाको अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयमा निवेदन नदिएकाले चेरी वल्र्डको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) मा अनुमतिपत्र नवीकरणका लागि समयमै निवेदन नदिएमा खारेज गर्न सकिने प्रबन्ध छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै आफूले तिर्न बुझाउन पर्ने रकम सूचना प्रकाशित भएको ३० दिनभित्र भुक्तानी गर्न चेरीलाई निर्देशन दिएको छ । अन्यथा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उसको चेतावनी छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया