एक इन्टरनेट सेवाप्रदायकको लाइसेन्स खारेज

काठमाडौं । सरकारले एक इन्टरनेट सेवाप्रदायकको अनुमति पत्र खारेज गरेको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले चेरी वल्र्ड कम्युनिकेशन प्रालि, रविभवनको अनुमतिपत्र खारेज गरिदिएको हो ।
सेवाको अनुमतिपत्र नवीकरणका लागि तोकिएको समयमा निवेदन नदिएकाले चेरी वल्र्डको लाइसेन्स खारेज गरिएको प्राधिकरणले जनाएको छ ।
दूरसञ्चार ऐन, २०५३ को दफा २५(५) मा अनुमतिपत्र नवीकरणका लागि समयमै निवेदन नदिएमा खारेज गर्न सकिने प्रबन्ध छ ।
प्राधिकरणले एक सूचना जारी गर्दै आफूले तिर्न बुझाउन पर्ने रकम सूचना प्रकाशित भएको ३० दिनभित्र भुक्तानी गर्न चेरीलाई निर्देशन दिएको छ । अन्यथा प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढ्ने उसको चेतावनी छ ।
ताजा अपडेट
-
कामपामा सबैभन्दा बढी भवन खाली गराइ पाउँ भन्ने विवाद
-
७७ वर्षीय बालकृष्णको ड्रागन फ्रुट खेती, वार्षिक १० लाख आम्दानी
-
राहदानी नागरिकको विलासिताको वस्तु होइन, आधारभूत अधिकार हो : परराष्ट्रमन्त्री देउवा
-
समृद्ध समाज निर्माणमा बकर ईद पर्वले प्रेरणा दिइरहोस् : प्रधानमन्त्री
-
पोखरीमा डुबेर दुई बालकको मृत्यु
प्रतिक्रिया