धादिङको गल्छीमा नयाँ पुल बनाउँदा पुरानो पुलको भाग धस्सियो, दुईतर्फी सवारी अवरुद्ध
काठमाडौँ । पृथ्वी राजमार्ग स्थित धादिङको गल्छीमा पुरानो पुलको भाग धस्सिएपछि दुईतर्फ सवारी अवरुद्ध भएको छ ।
थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोला पुलको भाग धस्सिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, रामनगरका एसपी नरेश सुवेदीले बताए । पृथ्वी राजमार्ग हुँदै चल्ने ठुला सवारी साधन सो पुल हुँदै चल्न रोक लगाइएको छ ।
काठमाडौँतर्फ जाने ठुला सवारीलाई डाइभर्ट गरेर गल्छी हुँदै पठाइएको एसपी सुवेदीले जानकारी दिए । सोताङ खोलामा पुराना पुलसँगै नयाँ पुलको निर्माण कार्य हुँदै छ । निर्माण कार्य गर्दा थर्किएर पुरानो पुलेको भाग धस्सिएको आकलन गरिएको छ ।
ताजा अपडेट
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे


प्रतिक्रिया