आधा घण्टालाई स्थगित संसद् अझै सुरु भएन
काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग गर्दै प्रतिपक्षी दलले अवरोध गरेपछि आधा घण्टालाई स्थगित प्रतिनिधिसभा अझै सुरु हुन सकेको छैन ।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका विपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्दै संसद् अवरोध गरेका हुन् ।
उनीहरू उच्चस्तरीय छानविन समिति बनाएर गृहमन्त्रीमाथि पनि अनुसन्धान गर्न माग गरेका छन् । गृहमन्त्रीको राजीनामा नआउँदासम्म संसद् अघि बढ्न नसक्ने भन्दै विपक्षी दलका सांसदले निरन्तर नारावाजी गरेपछि सभामुख देवराज घिमिरेले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
सत्तापक्षका सांसदहरूले भने आफूमाथि लागेको आरोपबारे जवाफ दिन गृहमन्त्री उपस्थित भएकाले उनलाई बोल्न दिनुपर्ने बताएका छन् ।
बैठक स्थगित गरेर सभामुख आन्तरिक छलफलमा छन् ।
ताजा अपडेट
-
पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
-
स्थिति नियन्त्रणमा लिन सुनसरीको कप्तानगंजमा सेना परिचालन
-
देवानगञ्ज हिंसा: कोशीका डीआईजीसहित सुनसरीका सीडीओ र एसपी फिर्ता, छानबिन समिति गठन
-
‘ए सरकार कि त मारिदेऊ, कि त खोला तारिदेऊ’ भन्दै सहकारी पीडितको प्रदर्शन
-
सुनसरी घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छः नेता आङदेम्बे


प्रतिक्रिया