पहिरोले राप्ती राजमार्ग अवरुद्ध
दाङ– राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्ल्यान सडकखण्ड अवरुद्ध भएको छ । सल्ल्यानको कपुरकोट गाउँपालिका–३ स्थित चोरखोलामा खसेको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक केशर न्यौपानेका अनुसार बुधबार बिहान सडक माथिबाट खसेको पहिरोले बाटो बन्द भएको हो । एक्स्काभेटर प्रयोग गरेर पहिरो हटाउने प्रयास जारी छ ।
सडक अवरुद्ध भएसँगै यात्रु तथा सवारीसाधन रोकिएका छन् । साना सवारीसाधनलाई वैकल्पिक बाटो कपुरकोट–लामिडाँडा तथा कपुरकोट–पाखापानी–सातबास प्रयोग गर्न प्रहरीले आग्रह गरेको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया