भारतमा कोरोना संक्रमण बढ्दै, १२ जनाको मृत्यु
काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमण फेरी बढिरहेको देखिएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार मंगलबार भारतमा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
रिपोर्टका अनुसार मंगलबार उत्तर प्रदेशको फिरोजाबादमा उपचारको क्रममा ७८ वर्षीय एक कोरोना पोजिटिभ वृद्धको मृत्यु भएको छ । यो उत्तर प्रदेशमा कोरोनाको नयाँ भेरियन्ट जेएन १ बाट पहिलो मृत्यु हो । यसबाहेक, केरला, महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल १२ बिरामीको मृत्यु भएको छ ।
त्यसैगरी हाल भारतमा सक्रिय केसहरूको संख्या १०८१ पुगेको छ । जसमा सबैभन्दा बढी ४३० संक्रमित केरलामा रहेका छन् ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार भारतमा अहिले ४ भेरियन्टहरू फेला परेका छन् । जसमा एकएफ ७, एक्सएफजी, जेएन १, र एनबी १.८.१. भेरियन्टहरू रहेका छन् ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया