आइपिएलको फाइनलमा पुग्यो रोयल च्यालेन्जर्स बैंगलुरु
काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरु जारी आइपिएलको फाइनलमा पुगेको छ ।
विहिबार राति सम्पन्न पहिलो क्वालिफायरमा पञ्जाव किंग्सलाई ८ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स फाइनलमा पुगेको हो ।
पञ्जावले दिएको १०२ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १० ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।
रोयल च्यालेन्जर्सका लागि फिल साल्टले सर्बाधिक अविजित ५६ रन बनाए भने मयंक अग्रवालले १९, कप्तान रजत पाटीदारले अविजित १५ र विराट कोहलीले १२ रन बनाए ।
यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरु चौथो पटक आइपिएलको फाइनलमा पुगेको छ । यस अघि रोयल च्यालेन्जर्स बैंगलुरु २००९, २०११ र २०१६ मा फाइनलमा पुगेर पराजित भएको थियो ।
त्यस्तै यस खेलमा हार बेहोरेको पञ्जावले भने अब दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पञ्जावले इलिमिनेटरमा गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीचको विजेतासँग खेल्ने छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया