NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १८ गते

आगामी आवको बजेट : केमा कर बढ्यो, केमा घट्यो ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार १९ खर्ब ६४ अर्ब ११ करोड रूपैयाँको बजेट विनियोजन गरेका हुन् ।

बजेटमा केही वस्तुको कर बढाइएको छ भने केहीको घटाइएको छ । कुकुर र बिरालाको खानेकुराको अन्तः शुल्क १० प्रतिशतबाट बढाएर २० प्रतिशत बनाइएको छ । सुर्तीजन्य पदार्थको अन्तः शुल्क पनि यसपालि बढाइएको छ । सुर्तीजन्य पदार्थको सेवनबाट मानिसहरूको ज्यान जाने गरेकाले त्यसको प्रयोगलाई निरुत्साहित गर्न यसमा लाग्दै आएको कर बढाउनुपर्ने माग सरोकारवालाले राख्दै आएका थिए ।

त्यसैगरी, ग्रेनाइट, मार्वल तथा स्ल्याब, सिमेन्ट तथा कंक्रिट, इँटा र ब्लक, पावर बैंकलगायतको अन्तःशुल्क पनि आगामी साउन १ बाट बढ्ने भएको छ ।

त्यसैगरी, विभिन्न वस्तुहरूको भन्सार दर सरकारले घटाएको छ । सुकाएको अंगुर, सुर्तीरहित सुपारी, इनर्जी ड्रिङ्क, बदाम मिल्क सेकलगायतको भन्सार दर गत आवको भन्दा कम गरिएको हो ।