राजावादी आन्दोलन : कमल थापा सहित ७ जना रिहा

काठमाडौं । आइतबार दिउँसो प्रहरी नियन्त्रणमा परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापा, राप्रपा सांसद दिपक सिंहसहित ७ जना रिहा भएका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका ८ मध्ये ७ जनालाई जिम्मा जमानीमा छाडिएको हो ।
राजावादीको आन्दोलन स्थल नक्सालको नारायणचौरबाट पक्राउ गरेका एक जनाले भने मापासे गरेको पाइएपछि उनलाई भने हिरासतमै राखिएको छ ।
प्रतिक्रिया