रुसी सेनामा भर्ती हुने हल्लाका भरमा दूतावासबाहिर लाइन लागे युवा
काठमाडौं । अफ्रिकी राष्ट्र इथियोपियाको राजधानी अदिस अबाबामा रहेको रुसी दूतावासबाहिर मंगलबार युवाहरुको ठूलो भीड लाग्यो ।
इथियोपियाली युवाहरू रुसी दूतावासबाहिर लाइनमा उभिए । उनीहरु रुसले युक्रेन युद्धका लागि सैनिक भर्ती गरिरहेको भन्ने सुनेर त्यहाँ लाइन लागेका थिए । तर, रुसी दूतावासकी प्रवक्ता मारिया चेर्नुखिनाले इथियोपियामा भर्ना गर्न नलागेको बताइन् ।
उनका अनुसार रुसलाई समर्थन जनाउन भीड जम्मा भएको थियो । प्रवक्ता मारियाले भनिन्, ‘रूसप्रति आफ्नो समर्थन व्यक्त गर्न ठूलो संख्यामा त्यहाँ मानिसहरू पुगेका हुन्छन् । तीमध्ये धेरैले रुसलाई कुनै पनि हालतमा सहयोग गर्न चाहेको भनिरहन्छन् । तर हामी भर्ती गर्ने निकाय होइनौं ।’
रुसी दूतावासबाहिर जम्मा भएका धेरै इथियोपियाली युवाहरू सेनामा भर्ना हुने भन्दै आफ्ना कागजपत्र लिएर त्यहाँ पुगेका थिए ।
दूतावासबाहिर पर्खिरहेका एक युवाले आफूलाई सिपाहीको रूपमा राम्रो तलब वा अन्य कुनै जागिर चाहिएको बिबिसीसँग बताएका थिए । उनीहरुले आफूलाई रुस मन पर्ने पनि बताएका थिए ।
कतिपयले भने रुसमा राम्रो तलब पाइने भन्ने सुनेको भएर भर्ती हुन आएको बताए । युक्रेनमा रुसको आक्रमणलाई लिएर राष्ट्रसंघीय सम्मेलनमा मतदानको समयमा सत्रमा भाग नलिने देशहरूमध्ये इथियोपिया पनि परेको थियो । यस मतदानमा दक्षिण अफ्रिकासहित १७ अफ्रिकी देशले भाग लिएनन् ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया