काठमाडौं उपत्यकामा दुई वटा बसबाट यात्रुलाई नि:शुल्क सेवा दिँदै प्रहरी
काठमाडौं ।नेपाल प्रहरीले यात्रुको सहजीकरणका लागि दुई वटा नि:शुल्क बस सेवा सञ्चालन गरेको छ। यातायात व्यवसायीको आन्दोलनले सार्वजनिक यातायात सेवा अवरुद्ध भएपछि आइतबार नेपाल प्रहरीले नि:शुल्क बस सेवा सञ्चालन गरेको हो ।
दुई वटा बस दुई वटा छुट्टाछुट्टै रुटमा चल्नेछन्। नेपाल प्रहरीले चलाएको उक्त बसमा यात्रा गर्दा भाडा तिर्नु नपर्ने प्रहरीले जनाएको छ ।
यातायात व्यवसायीहरूले गण्डकी सरकारले ल्याएको राइड सेयरिङ नियमावली खारेजीलगायत ७ बुँदे मागसहित आजदेखि सार्वजनिक यातायात बन्द गरेका छन्। सरकार र यातायात व्यवसायीहरूबीच सिंहदरबारमा वार्ता पनि भइरहेको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया