सार्वजनिक यातायात ठप्प पारिएको प्रति मानव अधिकार आयोगको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सार्वजनिक यातायात व्यवसायीले सेवा ठप्प पारेको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
गण्डकी प्रदेश सरकारले नियमावली बनाएर राइड सेयरिङलाई मान्यता दिएपछि यातायात व्यवसायीले सोमबारदेखि सेवा ठप्प पारेकोप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको हो ।
यातायात बन्द गर्दा सर्वसाधारणमा भोग्नु परेको समस्याप्रति आयोगले चिन्ता व्यक्त गर्दै यसबारे सरोकारवाला पक्षसँग जानकारी लिइरहेको जनाएको छ ।
सोमबार एक विज्ञप्ति जारी गर्दै आयोगले भनेको छ, ‘आम नागरिकको अधिकारमा पर्न जाने असरप्रति संवेदनशील हुँदै यातायात जस्तो अत्यावश्यकीय सेवा बन्द नगर्न, आवागमनलाई सुचारु गर्न एवं आफ्ना विरोधका कार्यक्रम सञ्चालन वैकल्पिक उपायहरूको अवलम्बन गर्न आयोग यातायात व्यवसायीहरूलाई आग्रह गर्दछ ।’
यस्तै कानुन निर्माण गर्दा सरोकारवाला पक्षसँग पनि पर्याप्त छलफल गर्न र पेसा व्यवसाय सञ्चालनमा देखिएका समस्या वार्तामार्फत समाधान गर्न आयोगले सरकारको समेत ध्यानाकर्षण गराएको छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया