श्रीलंकाले आइएमएफसँग माग्यो सहयोग
कोलम्बो । आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकाले आईएमएफसँग आपतकालीन आर्थिक सहायता मागेको छ । श्रीलंका सरकारको बेलआउट प्याकेजमा पनि वार्ता भइरहेको छ। तर, श्रीलंकालाई आर्थिक सहायता दिनुअघि आईएमएफले भारतसँग पनि कुरा गर्ने भएको छ ।
श्रीलंकाका अर्थमन्त्री अली साबरी आईएमएफसँग आर्थिक सहायताका बारेमा छलफल गर्न अधिकारीहरूसँग वासिङ्टन पुगेका छन् ।
श्रीलंकाको अर्थ मन्त्रालयका अनुसार देशको आर्थिक संकटलाई न्यूनीकरण गर्न अर्थमन्त्रीले हालसम्म चालेका कदमको आईएमएफले प्रशंसा गरेको छ । यसअघि श्रीलंकाले आफ्नो वैदेशिक ऋणमा एकपछि अर्को गर्दै धेरै डिफल्ट गरेको थियो ।
श्रीलंकाले गत मंगलबार आफ्नो ५१ अर्र्ब डलर ऋणमा डिफल्ट गर्ने घोषणा गर्यो । श्रीलंकाको बाह्य ऋणमध्ये करिब ३६ प्रतिशत ऋण चीनको छ । श्रीलंका स्वतन्त्र भएयता कै सबैभन्दा ठूलो आर्थिक संकटको सामना गरिरहेको छ ।
मुलुकमा खाद्यान्न, ग्यास, तेललगायत अत्यावश्यक वस्तुको अभाव र विद्युत् कटौतीका कारण जनता सडकमा उत्रिएका छन् । श्रीलंका सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएपछि पुनः नयाँ मन्त्री नियुक्त गरिएको छ ।
धेरै सांसदहरूले पनि राष्ट्रपति गोटाबाया राजपाक्षेलाई दिएको समर्थन फिर्ता लिएका छन् र देशभर राजपाक्षे परिवारको राजीनामा माग भइरहेको छ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया