आज सुनको भाउ कति छ ?
काठमाडौँ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । सोमबारको तुलनामा आज सुन तोलामा दुई हजार ९०० र चाँदी ५५ रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको भाउ एक लाख ९२ हजार ७०० रूपैयाँ कायम भएको छ भने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ४५ निर्धारण भएको छ ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३७६ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।


प्रतिक्रिया