NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २३ गते

संसद्का दुवै सदनको आज बैठक, बजेटमाथि छलफल मुख्य एजेन्डा

काठमाडौं । संघीय संसद्का दुवै सदन—प्रतिनिधिसभा र राष्ट्रियसभा—को बैठक आज बस्दैछ, जसको मुख्य कार्यसूची आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल रहनेछ।

प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि तय गरिएको छ। प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि सामान्य छलफल गर्नेसम्बन्धी प्रस्ताव प्रस्तुत गर्नेछन्। सो प्रस्तावमाथि सांसदहरूले धारणा राख्ने कार्यक्रम तय गरिएको संसद् सचिवालयले जनाएको छ।

 

ताजा अपडेट

नेपालवाच विशेष