पाँच निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कसको कति ?
काठमाडौं । दोस्रो बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूमध्ये अहिलेसम्म पाँचवटा कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
ती कम्पनीहरूमा प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्यारेन्स, प्रभु इन्स्यारेन्स र हिमालयन जनरल इन्स्यारेन्स रहेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीहरुलाई हेर्दा अघिल्लो वर्षको भन्दा यो वर्ष बढेको देखिन्छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्ष ११.०५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष १५ प्रतिशत दिएको छ ।
नेको इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्ष १६.३२ प्रतिशत दिएकोमा यो वर्ष पनि १५ प्रतिशत बोनश शेयर दिने भएको छ ।
एनएलजीले गत वर्षकै जति लाभांश दिने भएको छ । एनएलजीले गतवर्ष १०.५२५२ प्रतिशत दिएको थियो । प्रभुले गत वर्ष १०.५३ प्रतिशत दिएकोमा यो वर्ष ११.५८ प्रतिशत दिने भएको हो ।
हिमालयन जनरलले ७ प्रतिशत लाभांश दिने भएको छ । उक्त कम्पनीले गत वर्ष ६.७५ प्रतिशत लाभांश दिएको थियो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया