पाँच निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा, कसको कति ?

काठमाडौं । दोस्रो बजारमा सूचीकृत निर्जीवन बीमा कम्पनीहरूमध्ये अहिलेसम्म पाँचवटा कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् ।
ती कम्पनीहरूमा प्रिमियर इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्यारेन्स, प्रभु इन्स्यारेन्स र हिमालयन जनरल इन्स्यारेन्स रहेका छन् ।
लाभांश घोषणा गरेका कम्पनीहरुलाई हेर्दा अघिल्लो वर्षको भन्दा यो वर्ष बढेको देखिन्छ ।
प्रिमियर इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्ष ११.०५ प्रतिशत लाभांश दिएकोमा यस वर्ष १५ प्रतिशत दिएको छ ।
नेको इन्स्योरेन्स कम्पनीले अघिल्लो वर्ष १६.३२ प्रतिशत दिएकोमा यो वर्ष पनि १५ प्रतिशत बोनश शेयर दिने भएको छ ।
एनएलजीले गत वर्षकै जति लाभांश दिने भएको छ । एनएलजीले गतवर्ष १०.५२५२ प्रतिशत दिएको थियो । प्रभुले गत वर्ष १०.५३ प्रतिशत दिएकोमा यो वर्ष ११.५८ प्रतिशत दिने भएको हो ।
हिमालयन जनरलले ७ प्रतिशत लाभांश दिने भएको छ । उक्त कम्पनीले गत वर्ष ६.७५ प्रतिशत लाभांश दिएको थियो ।
ताजा अपडेट
-
बजेट अभावले कञ्चनपुरमा पुल निर्माणको काम प्रभावित
-
सभामुख घिमिरेले गरे संसदको अवरोध हटाउन प्रमुख दलका सचेतसँग छलफल
-
नागढुङ्गा-नौबिसे सडकमा थप ५ दिन सवारी आवागमन बन्द हुने
-
मेचीनगरमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’को सङ्क्रमण पुष्टि
-
‘प्रचण्ड’ले बोलाए प्रतिपक्षी दलहरूको बैठक
प्रतिक्रिया