सुनको मूल्य तोलामा ६०० रुपैयाँ घट्यो
काठमाडौं । पछिल्लो केहीदिनयता सुनको मूल्यमा लगातार गिरावट आएको छ। अघिल्लो दिनको भन्दा आज सुन तोलामा ६०० रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको कारोबार मूल्य प्रति तोला एक लाख ९० हजार रुपैयाँ निर्धारण भएको छ।
सोमबार सुन तोलामा १०० रुपैयाँ घटेर प्रति तोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य भने मंगलबार बढेको छ। १५ रुपैयाँले बढेर चाँदि प्रति तोला २ हजार १६५ रुपैयाँमा आज कारोबार भइरहेको छ। सोमबार चाँदी तोलामा ५ रुपैयाँ बढेर प्रति तोला २ हजार १५० रुपैयाँ पुगेको थियो।
आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३३०७.५५ डलर छ। चाँदी भने प्रतिऔंस ३६.५३ डलर रहेको छ।
ताजा अपडेट
-
चितवन: दसैँमा ३० करोडभन्दा बढीको खसी-बोकाको व्यापार हुने अनुमान
-
गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’
-
दसैँको मुखमा नुवाकोटवासीलाई राहत, ढुङ्गे र त्रिशूली बजार जोड्ने झोलुङ्गे पुल सञ्चालन
-
कालीगण्डकी बाढी : विद्युत प्रशारण लाइनको अस्थायी टावर निर्माण
-
सुनकोशी नदीमा टाटा सुमो खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता


प्रतिक्रिया