कबड्डीको उपाधिका लागि आर्मी र एपीएफ भिड्दै
कैलाली । मुख्यमन्त्री राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि नेपाल आर्मी क्लब र एपीएफ क्लब भिड्ने भएका छन् ।
अखिल नेपाल कबड्डी सङ्घको आयोजनामा कैलालीको धनगढीमा जारी राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुवै टोली आज खेल्दैछन् । मङ्गलबार भएको सेमिफाइनलमा आर्मीले लुम्बिनी प्रदेशलाई ४५–१२ अङ्कले तथा एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशलाई ३७–३२ अङ्कले पराजित गरेको हो ।
उपाधि विजेताले रु एक लाख ५० हजार, उपविजेताले रु ८० हजार र सेमिफाइनलमा स्थान बनाएका दुई टोलीले रु ४० हजार पुरस्कार प्राप्त गर्नेछन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया