९ महिनासम्ममा वाणिज्य बैंकको नाफा ५१ अर्ब, कुनको मुनाफा कति ?
काठमाडौं । चालु आर्थिक वर्षको ९ महिनासम्म आइपुग्दा सञ्चालनमा रहेका २७ वाणिज्य बैंकहरुले ५१ अर्ब ८९ करोड रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसै अवधिमाभन्दा ०.५४ प्रतिशतलेबढी हो ।
अघिल्लो वर्ष वाणिज्य बैंकहरुले ५० अर्ब ५९ करोड २५ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएका थिए । चालु आवको ९ महिनामा ग्लोबल आइमई बैंकले सबैभन्दा बढी नाफा कमाएको छ । ग्लोबल आइएमई बैंकले सोही अवधिसम्म खुद नाफा ४.१३ प्रतिशतले बढेर ३ अर्ब ७२ करोड ६२ लाख १२ हजार रुपैयाँ पुगेको छ । ग्लोबल आइएमईको पनि पुँजी पनि तुलनात्मकरुपमा निकै बढी छ ।
त्यस्तै, एनआइसी एसिया र नबिल बैंकको खुद नाफा पनि ३ अर्ब रुपैयाँभन्दा माथि छ । समग्रमा एनआइसी एसिया बैंक अब्बल देखिएको छ । यस बैंकको नाफा, इपीएस लगायतका प्रमुख सूचकहरु अक्बल देखिएका छन् ।
यसैगरी, नबिल बैंकको नाफा ३ अर्ब ३५ करोड रुपैयाँभन्दा माथि रहेको छ । एक वर्षको अवधिमा सबैभन्दा धेरै नाफा बढाउनेमा सेन्चुरी कमर्सियल बैंक रहेको छ । यसको नाफा १८३.५९ प्रतिशतले बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा १५ बैंकको खुद नाफा बढेको छ भने १२ बैंकको खुद नाफा घटेको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया