९ अंकले घट्यो नेप्से, साढे १२ अर्बको कारोबार
काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्क अर्थात् शून्य दशमलव ३४ प्रतिशतले घटेर दुई हजार ६५५ दशमलव ३८ अङ्कमा सीमित भएको छ ।
विभिन्न तीन सय ११ कम्पनीका दुई करोड ८६ लाख सात हजार ६५८ कित्ता शेयर एक लाख दुई हजार ८९५ पटक खरिद बिक्री हुँदा रु १२ अर्ब ५१ करोड ५३ लाख ८ हजार ९६१ दशमलव ६१ मा कारोबार भएको छ ।
आज उपसमूहतर्फ वित्त, होटल तथा पर्यटन, जलविद्युत् र म्युचुअल फण्डको उपसूचक उकालो लागेको छ भने बाँकी उपसमूह घटेको छ ।
साथै पियोर इनर्जी लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत, चन्द्रागिरी हिल्स लिमिटेडको छ दशमलव ७८ प्रतिशत र रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ९९ प्रतिशतले बढेको छ । साथै गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको नौ दशमलव ९० प्रतिशत, रिभल फल्स पावर लिमिटेडको छ दशमलव ९७ प्रतिशत र नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य पाँच दशमलव ५८ प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि बजार पुँजिकरण ४४ खर्ब २३ अर्ब ३ करोड ७१ लाख ९५ हजार २०८ रुपैयाँ ३४ पैसा पुगेको छ ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया