कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडैँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपियाँ ४४ पैसा र बिक्रीदर १३८ रुपियाँ ०४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १५८ रुपियाँ ०३ पैसा र बिक्रीदर १५८ रुपियाँ ७२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपियाँ ९६ पैसा र बिक्रीदर १८६ रुपियाँ ७७ पैसा, स्वीस फ्रयांक एकको खरिददर १६८ रुपियाँ ८३ पैसा र बिक्रीदर १६९ रुपियाँ ५७ पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपियाँ ९४ पैसा र बिक्रीदर ८९ रुपियाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७३ पैसा र बिक्रीदर १०१ रुपियाँ १७ पैसा, सिंगापुर डलर एकको खरिददर १०७ रुपियाँ ०१ पैसा र बिक्रीदर १०७ रुपियाँ ४८ पैसा तोकिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ५२ पैसा र बिक्रीदर नौ रुपियाँ ५६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १३ पैसा र बिक्रीदर १९ रुपियाँ २२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ६२ पैसा र बिक्रीदर ३६ रुपियाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ७१ पैसा र बिक्रीदर ३७ रुपियाँ ८७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपियाँ २३ पैसा र बिक्रीदर चार रुपियाँ २५ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ ४३ पैसा र बिक्रीदर ३७ रुपियाँ ५९ पैसा, मलेसियन रिंगेट एकको खरिददर ३२ रुपियाँ ३७ पैसा र बिक्रीदर ३२ रुपियाँ ५१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०२ पैसा र बिक्रीदर १० रुपियाँ ०७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ३८ पैसा र बिक्रीदर १४ रुपियाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ १९ पैसा र बिक्रीदर २१ रुपियाँ २८ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५१ पैसा र बिक्रीदर १७ रुपियाँ ५९ पैसा, कुवेती दिनार एकको खरिददर ४४९ रुपियाँ र बिक्रीदर ४५० रुपियाँ ९६ पैसा, बहराइन दिनार एकको खरिददर ३६४ रुपियाँ २७ पैसा र बिक्रीदर ३६५ रुपियाँ ८६ पैसा, ओमनी रियाल एकको खरिददर ३५६ रुपियाँ ९७ पैसा र विक्रीदर ३५८ रुपियाँ ५३ पैसा रहेको छ।
भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया