आजदेखि वाणिज्य बैंकको नयाँ ब्याजदर लागू
काठमाडौँ । असार महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । असार १ गतेदेखि लागू हुने गरी बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३७ प्रतिशत कायम गरिएको छ ।
असारका लागि १५ वाणिज्य बैंकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ५ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा एनएमबी बैंक, कुमारी बैंक, एभरेष्ट बैंक, एनआईसी एसिया बैंक र कृषि विकास बैंक रहेका छन् ।
असारमा सबैभन्दा बढी ६ बैंकले सबैभन्दा बढी ब्याज दिने भएका छन् । एभरेष्ट, प्राइम, स्ट्याण्डर्ड चार्टर्ड, प्रभु, सानिमा र एनआईसी एसिया बैंकले सबैभन्दा बढी ब्याज प्रदान गर्ने भएका हुन् । यी बैंकहरूले ६ प्रतिशतमाथि ब्याजदर कायम गरेका छन् ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया