इजरायलको आक्रमणमा इरानी गुप्तचर एकाइका प्रमुखको मृत्यु
काठमाडौँ । इजरायलको आक्रमणमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्सको गुप्तचर एकाइका प्रमुख मोहम्मद काजेमीको मृत्यु भएको छ ।
इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्ससँग सम्बन्धित तस्निम समाचार एजेन्सी र इरानको सरकारी टिभीले काजेमी बाहेक उनका उप-कमाण्डर मोहसिन बाकेरी पनि इजरायली आक्रमणमा मारिएको बताएको छ ।
काजेमीको मृत्युलाई इरानको सैन्य र गुप्तचर संरचनामा ठूलो धक्का मानिएको छ । यसअघि पनि कोर्प्सका प्रमुख मोहसिन बघेरी र जनरल होसेन सलामी इजरायली आक्रमणमा मारिएका थिए ।
इरानको स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा अहिलेसम्म २२४ जनाको मृत्यु भएको बताएको छ भने एक हजार २७७ जनाभन्दा बढी घाइते भएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया