मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ४ जनाविरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको छ ।
जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै दुई खरिदार हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी, लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीसमेतको आपसी मिलेमतोमा लेखापढी व्यवसायीमार्फत सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको हो ।
आयोगका अनुसार खरिदार हरिचन्द्र पाण्डेलाई विचौलियामार्फत सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित खरिदार पाण्डे, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको हो।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया