मालपोतका दुई खरिदारसहित चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौं । बाँके मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डेसमेत ४ जनाविरुद्ध भष्ट्राचार मुद्दा दर्ता भएको छ ।
जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भन्दै दुई खरिदार हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी, लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारीसमेतको आपसी मिलेमतोमा लेखापढी व्यवसायीमार्फत सेवाग्राहीसँग घुस माग गरेको आरोपमा सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा चलाएको हो ।
आयोगका अनुसार खरिदार हरिचन्द्र पाण्डेलाई विचौलियामार्फत सेवाग्राहीसँग बीस हजार रुपैयाँ घुस लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित खरिदार पाण्डे, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको हो।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया