NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ४ गते

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर एक लाख ९५ हजार नौ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन तोलामा एक लाख ९५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ६५ रुपैयाँले बढेर दुई हजार २ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।