प्रधानमन्त्री ओलीले देउवा र प्रचण्डसँग छलफल गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाएका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज अपराहन्न ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी हुदैछन् ।
बैठकमा संसदमा रास्वपाले जारी राखेको अवरोध, संसदमा पेश हुनेक्रममा रहेको संघीय निजामती सेवा विधेयक र नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक बारे पनि छलफल हुने बताइएको छ ।
साथै बैठकमा माओवादी केन्द्रसँग भिजिट भिसा प्रकरणमा कांग्रेस र एमालेले गरेको दुई बुँदे सहमतिको कार्यान्वयनका बारेमा छलफल हुने बुझिएको छ ।
ताजा अपडेट
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव


प्रतिक्रिया