NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ४ गते

सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब ८ करोडको कारोबार

काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले  घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १.०७ अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो ।

आज कुल ३ सय १४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार माथि पुगेको छ ।

आज कारोबारमा आएकामध्ये १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।

आज पियोर इनर्जी प्रालिको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ ।