सामान्य अंकले घट्यो नेप्से, ९ अर्ब ८ करोडको कारोबार
काठमाडौं । साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) सामान्य अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उत्तारचढावसहित ओरालो लागेको नेप्से अन्तिम समयमा १.०७ अंकले घट्दै २६ सय ५३ को विन्दुमा झरेर बन्द भएको हो ।
आज कुल ३ सय १४ कम्पनीका २ करोड ३४ लाख ४६ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ९ अर्ब ८ करोड ५८ लाख ८६ हजार माथि पुगेको छ ।
आज कारोबारमा आएकामध्ये १ सय ५९ कम्पनीको सेयरमूल्यमा गिरावट आउँदा ८८ कम्पनीको सेयरमूल्यमा वृद्धि देखिएको छ ।
आज पियोर इनर्जी प्रालिको सेयरमूल्यमा सकारात्मक सर्किट लाग्दा कर्पाेरेट डेभलपमेन्ट बैंकको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । आज कारोबारमा आएकामध्ये ५ समुहको परिसुचक उकालो लाग्दा बाँकी ८ समुहको परिसुचकमा गिरावट आएको छ ।
।
ताजा अपडेट
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने


प्रतिक्रिया