बैंकिङ क्षेत्र सुधार कार्यदलद्वारा सुझाव माग

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गठन गरेको बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले काम सुरु गरेको छ ।
कार्यदलले पहिलो चरणमा सरोकारवालाबाट सुझाव माग्दै काम थालेको हो । कार्यदलले ११ असारसम्म सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ ।
सुझाव दिँदा बैंकिङ नीति नियमनलाई उदार तर विवेकशील (प्रुडेन्सियल), जोखिममा आधारित प्रभावकारी सुपरीवेक्षण र ग्राहकमैत्री बैंकिङ सेवाको विकास सम्बन्धमा केन्द्रित हुन कार्यदलले अनुरोध गरेको छ ।
त्यस्तै आर्थिक गतिविधि पूर्ण चलायमान बनाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिकाका सम्बन्धमा पनि सुझाव दिन सकिने छ । त्यसैगरी ग्रामीण क्षेत्रमा कर्जा प्रवाह प्रभावकारी बनाउन चाल्नुपर्ने कदमबारे सुझाव दिन सकिने कार्यदलले जनाएको छ ।
बैंक तथा वित्तीय संस्था गाभ्ने र प्राप्ति तथा उक्त कार्यपछिका समस्या पहिचान तथा समाधानका सन्दर्भमा पनि सुझाव दिन सकिन्छ ।
नेपाललाई ग्रे लिस्टबाट हटाउन बैंकिङ क्षेत्रले खेल्नुपर्ने भूमिका तथा पूँजीबजार विकासमा केन्द्रीय बैंकको समन्वयात्मक भूमिका सम्बन्धमा पनि सुझाव दिन सकिने कार्यदलले जनाएको छ ।
प्रतिक्रिया