NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ५ गते

प्रि ओपन सेसन : नेप्सेमा करिब ३ अंकको गिरावट

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) करिब तीन अंकले घटेको छ ।

सेसनमा नेप्से २.७२ अंकले घटेर २६५०.९६ को विन्दुमा झरेको छ भने सेन्सेटिभ इण्डेक्स भने ०.०६ अंक बढेको छ ।

सेसन अवधिमा ४९ कम्पनीका १२ हजार ३९ कित्ता शेयर खरिदबिक्री हुँदा ५३ लाख २६ हजार ४०५ रुपैयाँ ७० पैसाबराबरको कारोबार भएको छ ।

कारोबार भएका कम्पनीमध्ये २३ वटाको मूल्य बढ्यो भने २४ कम्पनीको मूल्य घटेको छ । यस्तै दुईवटा कम्पनीको मूल्य स्थिर रहेको छ ।