भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानबिन हुनुपर्छ- ज्ञानेन्द्र शाही
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले भिजिट भिसा प्रकरणमा १४ गृहमन्त्रीमाथि छानविन हुनु्पर्ने बताएका छन् ।
बिहीबार प्रतिनिधिसभामा बोल्दै शाहीले भिजिट भिसा प्रकरणलाई कुनै दल विशेषको एजेण्डा बनाउन नहुने र यस अघि गृहमन्त्री बनेका १४ जनाको छानबिन हुनुपर्ने माग गरेका छन् ।
उनले भने- ‘भिजिट भिसा प्रकरण कुनै दल विशेषको मुद्दा होइन । यो हामी सबैको साझा मुद्दा हो । आज एक जना गृहमन्त्रीको कुरा होइन । १४ जना गृहमन्त्रीको कुरा हो । २०६४ सालदेखि अहिलेसम्मको कुरा हो ।’
सांसद शाहीले भिजिट भिसाको नामा लाखौं मान्छेहरु बेचिएको बताउँदै एक जना सांसदले विरोध गर्दा पनि सदन सुचारु हुन नहुने बताए ।
राप्रपाले विरोधको वाबजुद पनि संसद् चलाएको बन्दै आज पनि संसद् बहिस्कार गरेको छ ।
ताजा अपडेट
-
रास्वपाको स्वकीय सचिव नियुक्तिमा नातेदार राख्न नपाइने
-
सुनको भाउ तोलाको ५८ सयले घट्यो
-
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाइने
-
स्वास्थ्य बीमा बोर्डद्वारा २०८२ पुससम्म २५ अर्बभन्दा बढी दाबी भुक्तानी
-
भोजन गृहमा श्रावण विशेष सांस्कृतिक साँझ, नियमित मूल्यमा भारी छुट


प्रतिक्रिया